झापा, मंसिर २३ । निजी तथा आवासीय विद्यालयहरुको संगठन प्याव्सनको बिर्तामोड नगर कमिटीको आयोजनामा भएको दुई दिने नगर स्तरीय सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरुले प्रतिभा देखाएका छन् ।

बिर्तामोड– २ बेलडाँगीस्थित देवकुल स्कुलमा हिजो र आज संचालित प्रतियोगितामा नगरका २२ वटा विद्यालयका विद्यार्थीहरुले गायन र नृत्य प्रस्तुत गर्दै आ–आफ्ना प्रतिभा देखाएका हुन् ।

आज सम्पन्न राष्ट्रिय नृत्यतर्फ चिल्ड्रेन इन्भाइरोमेन्ट प्रथम , बुद्धस्मृति द्वितीय र बिर्ता मोडल तृतीय भएको छ । त्यस्तै आधुनिक नृत्यतर्फ कंचन स्कुल प्रथम , एमिटी द्वितीय र कंचनजंघा तृतीय भएको छ ।

त्यस्तै कक्षा ११ र १२ को गायनतर्फ विराट ज्योति प्रथम , कोहेड कलेज द्वितीय र इकम कलेज तृतीय भएको प्याव्सन बिर्तामोडका सहकोषाध्यक्ष दीपक चम्लागाँईले जानकारी दिए । हिजो पहिलो दिन १२ वर्षमुनिको गायन , १२ वर्षमाथिको सिनियर गायन र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुको सांस्कृतिक नृत्य प्रतियोगिता संचालन गरिएको थियो ।

प्याव्सन बिर्तामोडका अध्यक्ष सुरेन्द्र खरेलको अध्यक्षता ,प्याव्सन झापाका वरिष्ठ उपाध्यक्ष तथा सांस्कृतिक कार्यक्रमका संयोजक छत्रबहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि कार्की , प्याव्सन झापाका सचिव हरिकृष्ण पाठकलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन नगर सचिव दीपांखर मैनालीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्