झापा,मंसिर २४ । मोरङमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

गएराति ८ बजे मोरङको सुन्दरहरैँचा नगरपालिका–९ सलकपुरमा ना७ ख ३२२३ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्र १–०२–०५४प३५५८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते स्कुटर चालक पथरी शनिश्चरे नगरपालिका–३ हसनदह का ४४ वर्षीय यमबहादुर रायमाझीको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्