झापा,मंसिर २७ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको कागजात, भिडियो र फोटोहरू आफूले बनाएको अस्वीकार गरेका छन् । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरको अनुसन्धानको क्रममा उनले भनेका छन्, ‘ती प्रमाण मैले बनाएको कागजात, भिडिया तथा फोटोहरू होइन ।’
ओलीले कम्बोडिया स्थित स्मार्ट आजियटा कम्पनीमा लगानी गरेको भन्ने कागजात र फोटोहरू कम्बोडियामा बस्ने एकजना नेपालीले आफूलाई पठाएको जिकिर गरेका छन् । कम्बोडियामा बस्ने नेपालीले पठाएको कागजात आफूले पत्रकार सम्मेलन गरेर सार्वजनिक मात्र गरेको प्रसाईँले बयानमा खुलाएका हुन् ।
उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर अभियोगपत्रमा उल्लेखित बयानमा प्रसाईँले भनेका छन्, ‘जनतालाई त्यसबारे प्रस्ट पार्न भनेर मिडियाका साथीहरूलाई बोलाएर प्रेशमिट गर्दा मैले पाएको फोटो र भिडियो देखाएको हुँ ।’नेपालमा भइरहेको राजनीतिक अस्थिरता, देशमा मौलाउँदो भ्रष्टाचार, चरम आर्थिक सङ्कट, युवाहरू विदेश पलायन, सामान्य नागरिकको महँगीको मारमा झेल्नु परेको पीडा मर्कालाई बुझी नेपालीहरुको अभिभावकको रूपमा मैले विगत ३ वर्ष देखी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको रूपमा नेतृत्वदायी भूमिकामा कार्य गर्दै आइरहेको छु ।
सो कार्यहरू गर्नमा अवरोध सृजना गर्ने नेपालको वर्तमान सङ्घीय सरकार तथा सरकारको नेतृत्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरूलाई चुनौती दिँदै सामाजिक तथा राजनीतिक अभियानहरू चालिरहेको छु ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्