झापा, पुष १ । पाँचथरको मिक्लाजुङमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ ।

हिजो दिउँसो ३.४० बजे मिक्लाजुङ गाउँपालिका वडा नं. –५ कालो खोल्सीको लसीबोटे बस्ने ६३ वर्षीय मानबहादुर राई सिक्देम्बाबाट मासुको पैसा उठाएर घर फर्कने क्रममा भिरबाट लडी ५० मिटर तल झरेका थिए । घाइतेलाई उपचारको लागि झापातर्फ ल्याउनेक्रममा साँझ ७.३० बजे बाटोमा नै मृत्यु भएको हो ।

राई भिरबाट लडेको स्थानीयबासीले देखेर घटनास्थलबाट उद्धार गरी उपचारको लागि स्ट्रक्चरमा राखेर गाडीसम्म लाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय रविका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्