झापा, पुष १६ । इलाममा बाम्फोक प्रहारबाट एकजना घाइते भएका छन् ।

आइतवार राति अन्दाजी ११.३० बजे इलाम माइजोगमाई –६ प्याङ बस्ने ३८ वर्षीय चित्र गुरुङलाई सोही ठाउँ बस्ने ३५ वर्षीय फुर्साङ शेर्पाले मादक पदार्थ सेवन गरी पुरानो रिसिबीका कारण बाम्फोक प्रहार गरेका थिए । टाउको, घाँटी र देब्रे हातको बुढी औलामा चोट लागेर घाइते भएका गुरुङलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको छ ।
बाम्फोक प्रहार गर्ने शेर्पा तत्काल फरार रहेकोमा खोजतलासका क्रममा जिल्ला प्रहरी कार्यालय इलामले हिजो नियन्त्रणमा लिएको छ ।