बिनोद सापकोटा,
झिलझिले ।झापा शिवसताक्षीका हर्कराज राई संघीय संसदको सचिव पदमा नियुक्त भएका छन्।

नवनियुक्त सचिव राईले पद तथा गोपनियताको सपथसमेत लिइसकेका छन्। बुधवार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा संसद सचिवमा नियुक्त राईलाई पद तथा गोपनियताको सपथ गराएका थिए ।

संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षमा आयोजित सपथ ग्रहण कार्यक्रममा उपसभामुख इन्दिरा राना, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, सत्तारुढ तथा प्रतिपक्ष दलका प्रमुख र मुख्य सचेतक, सांसद, संसद् सेवाका कर्मचारीलगायतको उपस्थिति थियो। सभामुखको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार झापाको शिवसताक्षी नगरपालिका–२ निवासी राईलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका थिए ।

नवनियुक्त सचिव राई लामो समय शिक्षक पेशामा आबद्ध रहनुका साथै विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा प्रशिक्षकको रूपमा काम गर्दै आएका थिए । यसअघि उनी भौतिक योजना तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहालको सचिवालयमा कार्यरत थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्