बिर्तामोड, पुष १८ । झापाको बिर्तामोडमा अर्को डान्सबार थपिएको छ ।
बिर्तामोडको मुक्तिचोक छेउमा रहेको थापा मार्केटको तेस्रो तलामा लेभिस लन्च एण्ड डान्सबार संचालनमा आएको हो । जसको बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उद्घाटन गरेका छन् ।
दुई करोड पचास लाख रुपैयाँको लागतमा संचालन गरिएको डान्सबारमा सांस्कृतिक, आधुनिक नृत्यलगायत रैथाने खानाका परिकारहरु उपलव्ध रहेको संचालक सुमन राजवंशीले बताए ।
सुमन राजवंशीको अध्यक्षता एवं नगर उपप्रमुख संग्रौलाको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा होटल व्यवसायी संघ झापाका महासचिव शिवराज पौडेल , होटल व्यवसायी सुरेन राजवंशी , राजवंशी समाज विकास समितिका जिल्ला सचिव सोहनलाल राजवंशी, लक्ष्मी राजवंशी , खुशी चौधरी , विकास बस्नेतलगायतको आतिथ्यता रहेको थियो । योसंगै बिर्तामोडमा डान्सबारको संख्या ६ पुगेको छ ।