झापा, पुष १९ । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवका लागि विशाल थापाको संयोजकत्वमा गठन गरिएको महोत्सव मूल आयोजक समितिलाई विस्तार गरिएको छ । त्योसंगै विभिन्न ९ वटा उपसमिति गठन गरिएका छन् ।

अर्थतन्त्रलाई चलायमान बनाउन र स्थानीय स्तरमा उत्पादित वस्तुलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रवर्द्धन गर्न बिर्तामोडमा आगामी माघ ८ देखि १९ गतेसम्म अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको आयोजना गरिने भएको छ ।
महोत्सवलाई सफल बनाउन यसअघि थापाको संयोजकत्वमा महोत्सव मूल आयोजक समिति गठन गरिएको थियो । सोही समितिलाई बिर्तामोड उद्योग वाणिज्य संघको बैठकले विस्तार गरेको हो । महोत्सव मूल आयोजक समितिमा संघका महासचिव कुशल खतिवडालाई सचिवको जिम्मेवारी दिइएको छ भने युवराज निरौलालाई कोषाध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ ।

सोही समितिको सदस्यहरुमा रमेश घिमिरे, अनन्तलाल महत्तो, दिनेश श्रेष्ठ, डिल्लीराम कोइराला, शत्रुघनप्रसाद गुप्ता र सुष्मा उप्रेती सुवेदी रहेका छन् ।त्यस्तै अनुगमन समितिको संयोजकमा गोमा भट्टराई रहेकी छन् भने सदस्यहरुमा कृष्णप्रसाद बजगाई, युवराज कार्की पर्वत र सुशीलाकुमारी कार्की रहेका छन् ।

त्यस्तै संघका पूर्व अध्यक्ष प्रकाश शिवाकोटीको संयोजकत्वमा अतिथि सत्कार तथा व्यवस्थापन उपसमिति , निर्मल भट्टराईको संयोजकत्वमा बैंक वित्तीय तथा सहकारी स्टल व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

त्यस्तै राजकुमार घिमिरे ‘राजु’ संयोजक र विशेश्वरप्रसाद बजगाई सदस्य रहेको स्टल तथा स्टेज निर्माण व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

जीवनकुमार खड्काको संयोजकत्वमा सांस्कृतिक एवम् सांगीतिक कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
सचिवालय व्यवस्थापन ÷विद्युत प्राधिकरण संयोजन उपसमितिको संयोजकमा पुकार बराल तथा सदस्यहरुमा राजु गौतम र रुद्रप्रसाद भुर्तेल रहेका छन् ।

दैनिक कारोवार तथा टिकट व्यवस्थापन उपसमितिमा राजकुमार शाह संयोजक तथा दिनेश श्रेष्ठ र युवराज कार्की सदस्य रहेका छन् ।

तिलोत्तमा खत्रीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ । जसको सदस्यमा शत्रुघनप्रसाद गुप्ता , केदार खनाल र सुशीलाकुमारी बस्नेत रहेका छन् ।

स्थानीय सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितिमा दिनेश श्रेष्ठ र स्वास्थ्य सेवा व्यवस्थापन उपसमितिमा कृष्णप्रसाद बजगाई संयोजक रहेका छन् । महोत्सव बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा आयोजनामा गर्न लागिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्