झापा,पुष २४ । आगामी सन् २०२५ जनवरी १३ देखि १९ (पुस २९देखि माघ ६ गते) सम्म भारतको नयाँ दिल्लीमा हुने प्रथम खो खो विश्वकप ( २०२५ का लागि पुरुष तथा महिला राष्ट्रिय टिमको घोषणा नेपाल खो खो सङ्घले गरेको छ ।

नेपाल खो खो सङ्घका अध्यक्ष प्रदीप महर्जनले नेपाल खो खो सङ्घ राष्ट्रिय टिम तयारी समितिका अनुसार गत एक महिनादेखि कीर्तिपुरस्थित कभर्डहलमा भइरहेको बन्द प्रशिक्षणबाट छनोट गरेर १५÷१५ खेलाडिसहित राष्ट्रिय खो खो टिम घोषणा गरेको जानकारी दिए ।
तयारी समितिका संयोजक एवम् नेपाल खो खो सङ्घका महासचिव शङ्कर महर्जनका अनुसार पुरुष तर्फ हेमराज पनेरुको नेतृत्वमा १५ जना खेलाडी छन् । जसमा जनक चन्द, समीर चन्द, विश्वास चौधरी, सूरज पूजारा, रोहितकुमार वर्मा, यमन पूरी, वेदबहादुर वली, झलक वि.क., विकराल सिंह रत्गैया, विशाल थारु, राजन बल, जोगेन्द्र राना, भरत सारु, गणेश विश्वकर्मा रहेका छन् ।
त्यस्तै, महिलातर्फ सरस्वती कडायतको नेतृत्वमा मानमती धामी, पूजा ओड, आशा थारु, दीपा बि.क., निशा शाही, कर्माकुमारी शाही, कन्चन चौधरी, पुनम थारु, सम्झना वि.क., दीपाकुमारी बि.क.,खुश्बु राना, वर्षा पण्डित, गीता चौधरी र अनिशा गोले रहेका छन् । पुरुष टिम प्रशिक्षकमा विक्की राज महर्जन र महिला टिम प्रशिक्षकमा लक्ष्मीनारायण बैद्य रहेका छन् ।
नेपाल खो खो सङ्घका अनुसार नेपालले पहिलो खेल जनवरी १४ तारिखका दिन बिहान १० बजे इन्दिरा गान्धी स्टेडियममा भुटानसँग खेल्ने तय भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्