झापा,पुष २७ । चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड बराबरको विप्रेषण (रेमिट्यान्स)आप्रवाह भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, समीक्षा अवधिमा रेमिट्यान्सआप्रवाह ४.४ प्रतिशतले वृद्धि भएको छ।
अघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्सआप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५प्रतिशतले वृद्धि भई चार ४ अर्ब ७३ करोड पुगेको छ। अघिल्लो वर्ष आप्रवाह २१.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ६ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६ खर्ब ६९ अर्ब ७७ करोड थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख ९० हजार ३८४ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ३५ हजार ४२५ छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः एक लाख ७१ हजार ९७५ र एक लाख दुई हजार ५४२ रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्