एजेन्सी । गाजा क्षेत्रमा १५ महिनादेखि युद्धरत इजरायल र प्यालेस्टिनी समूह हमासबीच युद्धविराम सम्झौता भएको छ ।

हमासले २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेसँगै युद्ध चर्किएको थियो । युद्धका क्रममा ४८ हजारभन्दा बढीको ज्यान गएको छ ।
अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा दोहामा भएको वार्तामा बिहीबार बिहान सहमति जुटेको हो । मध्यस्थता गरेका कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीका अनुसार युद्धविराम आइतबारदेखि लागू हुनेछ । इजरायली मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्र युद्धविराम लागू हुने बीबीसीले जनाएको छ ।
यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले मन्त्रिपरिषदको बैठक बोलाउन विलम्ब गरिरहँदा युद्धविराम लागू हुनेमा आशंका उब्जिएको छ ।