झापा, माघ ४ । आफैले काटेको रूखले लागेर पाँचथरको मिक्लाजुङमा एकजनाको मृत्यु भएको छ ।

हिजो बिहान १० बजे मिक्लाजुङ –८ स्थित मगरखोलामा कोप्चे बस्ने ४२ वर्षीय उत्तम मगर र सोही ठाउँ बस्ने ३० वर्षीय मनमोहन अधिकारीले ऐलानी जग्गामा रहेको ओखरको रूख काट्ने क्रममा सोही ओखरको रूखले लागेर मगरको घटनास्थलमै मृत्यु भएको हो । अस्थायी प्रहरी चौकी दुर्दिम्बाबाट प्रहरी टोली खटिएर घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्