झापा, माघ ११ । समाचार लेखेको विषयलाई लिएर झापा गौरीगञ्जका पत्रकार मदन राजवंशीमाथि हातपात भएको छ ।

गौरीगञ्जमा जारी आदिवासी जनजाति महोत्सवअन्तर्गत गएराति १०.३० बजे अनलाइनबाट सांगीतिक कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिरहेका राजवंशीमाथि हातपात भएको हो । खजुरगाछी साना किसान कृषि सहकारी संस्थामा रकम अपचलनको समाचार लेखेको बिषयलाई लिएर एक समूहले हातपात गरेको बताइएको छ ।
यसैबीच नेपाल प्रेस युनियन माईपश्चिम क्षेत्रीय समितिले एक प्रेस विज्ञप्ति जारी गरी घटनाका दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन र पत्रकार राजवंशीसँगै खजुरगाछी साना किसान सहकारी पीडितहरुलाई न्याय दिलाउन माग गरेको छ ।