बिर्तामोड, माघ १० । वीरता लेडी जेसीजले २१ औं स्थापना दिवस मनाएको छ।

वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यको अध्यक्षता तथा संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक संस्थाकी उपाध्यक्ष एलिना रिजाल ढकालले स्वागत गरेकी थिइन्।

निवर्तमान अध्यक्ष मेनुका ओलीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा वीरता लेडी जेसीजको भवन निर्माण गर्न जग्गा प्रदान गर्ने जग्गादाता स्व. पर्शुराम ढकाल र स्व. तुलसा ढकालका परिवारजनलाई सम्मान गरिएको थियो।

पूर्व अध्यक्ष नैनकला भट्टराईले वाचन गरेको सम्मानपत्र जग्गादाता ढकाल परिवारको तर्फबाट साबित्रा ढकाल, शिला ढकाल, लक्ष्मण ढकाल, दुर्गादेबी ढकाल, सुरेश ढकाल, तारा ढकाललगायतले ग्रहण गरेका थिए।

सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाबाट निर्वाचित अध्यक्ष एकराज गिरीसहित सम्पूर्ण पदाधिकारीलाई सम्मान गरिएको थियो । पूर्व अध्यक्ष सुष्मा भण्डारी पौडेलले वाचन गरेको सम्मानपत्र नेपाल पत्रकार महासंघ झापाका नवनिर्वाचित अध्यक्ष एकराज गिरी , उपाध्यक्ष सुब्रत न्यौपाने, सदस्य अस्मिता साखी,कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी , कोशी प्रदेश कार्यसमिति सदस्य राजकुमार ओली , कोशी प्रदेश परिषद सदस्यहरू तुलसीप्रसाद निरौला,उमानाथ भण्डारीलगायतले ग्रहण गरेका थिए।

कार्यक्रममा मिना घिमिरेलाई मानार्थ सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो। घिमिरेको मानार्थ सदस्यताको प्रमाणपत्र पूर्व अध्यक्ष संगिता गिरीले वाचन गरेकी थिइन्।

कार्यक्रममा वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल ढकाललाई सिनेटरसीपसहित सम्मान गरिएको थियो। निवर्तमान अध्यक्ष मेनुका ओलीले वाचन गरेको सम्मानपत्र प्रमुख अतिथि शिवाकोटीले प्रदान गरेका थिए। त्यस्तै लीला मैनालीलाई सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी , नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी, जग्गादाता ढकाल परिवारको तर्फबाट लक्ष्मण ढकाल, न्यूटन्स एजुकेसन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाई, नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सिनेटर विनोद बस्नेत, संस्थापक अध्यक्ष शारदा रिजाल ढकाललगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा वीरता लेडी जेसीजको बर्ष २०२४ को बोर्डलाई मायाको चिनो प्रदान गरिएको थियो। आस्था वाचन सहसंयोजक कानूनी सल्लाहाकार अस्मिता राईले र जेसीआई मिसन भिजन वाचन जनसम्पर्क अधिकारी पारू श्रेष्ठले गरेको कार्यक्रममा केक काटेर खुशीयाली साटासाटसमेत गरिएको थियो । कार्यक्रमको सञ्चालन महासचिव प्रभा रायमाझीले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्