हल्दिवारी , माघ १४ । झापाको हल्दिबारी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

गाउँपालिकाको प्राङ्गणमा सोमवार जनप्रतिनिधि ,कर्मचारी साथै स्थानीय सरोकारवालाको उपस्थितिमा पालिकाको गुनासो र समस्याको वारेमा सार्वजनिक सुनवाई गरिएको हो ।

पालिकाको आयोजना तथा नागरिक एफ एमको सहजीकरणमा भएको कार्यक्रममा सहभागी स्थानीय टीका पोखरेलले कृषि विकासका निमित्त पालिकामा कोल्डस्टोर, बीउबिजनको व्यवस्था, सुदिप गिरीले हुलाकी सडकअन्तर्गत रहेका खाल्डाखुल्डी मर्मत, पालिकाको वेबसाइट अपलोड नगरिएको ,कार्यपालिकाको निर्णय, सभाका निर्णय, वार्षिक बजेटजस्ता कुरा अपलोड नगरिएको जिज्ञासा राखेका थिए ।

साथै सामुदायिक विद्यालयहरूको बिद्युत महसुल, खानेपानी महसुल र परीक्षा शुल्क पालिकाले व्यवस्थापन गर्नुपर्ने विषयमा पत्रकार नेत्रबिक्रम बिमलीले ध्यानाकर्षण गराए । यसैगरी मञ्जु दाहाल, बिजय लावती, सुरेशकुमार भट्टराई, पदमबहादुर तामाङ, कुमार बजगाई, शिक्षक अर्जुन भट्टराईलगायतले जिज्ञासा राखेका थिए। सार्वजनिक सुनुवाईमा उठेका जिज्ञाशाबारे सम्बन्धित वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र), गाउँपालिका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनले जवाफ दिएका थिए।

कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेबी मैनालीलगायत सबै वडाका वडाध्यक्षहरू, वडा सचिवहरू, सबै शाखा प्रमुखहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

गाउँपालिका अध्यक्ष लिङ्देनको अध्यक्षयतामा भएको कार्यक्रमको सहजीकरण नागरिक एफ एमका समाचार प्रमुख गोपाल गिरीले गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्