झापा, माघ १५ । चेतना नेपालले सूर्तीजन्य , मदिराजन्य तथा नसाजन्य पदार्थविरुद्धका शैक्षिक सामग्री वितरण गरेको छ ।

जिल्ला समन्वय समिति झापाको सभाहलमा भद्रपुर, मेचीनगर , बिर्तामोड नगरपालिका तथा हल्दिवारी गाउँपालिकाका सामुदायिक तथा निजी गरी ६० वटा विद्यालयहरुलाई सूर्तीजन्य , मदिराजन्य तथा नसाजन्य पदार्थविरुद्धका शैक्षिक सामग्री वितरण गरिएको हो ।

चेतना नेपालका अध्यक्ष तथा प्रमुख प्रशिक्षक इन्द्रप्रसाद ओलीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्य तथा भद्रपर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल , प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, प्रहरी प्रमुख मिलन केसी, मेची बहुमुखी क्याम्पसका सहप्राध्यापक तारा विविध ,नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. काँकरभिट्टाका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेती, चेतना नेपालका मानार्थ सदस्य सामाजिक व्यक्तित्व शिव राजभण्डारी, चेतना नेपालकी उपाध्यक्ष उषा गुरुङ ,प्याब्सन केन्द्रीय समितिका सल्लाहकार गोविन्द लम्साल ,प्याब्सन भद्रपुर नगर समितिका अध्यक्ष भक्तबहादुर कार्की सचिव सुरज सापकोटा ,सदस्य राजशकर झा , ओली एशोसिएटका बजार प्रबन्धक ओजेश ओली, चेतना नेपालका सल्लाहकार सदस्य प्रेम सेढाईलगायत विद्यालयका प्रधानाध्यापक ,शिक्षक र बाल क्लबका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा लागूऔषध दुर्व्यसनविरुद्धको अभियान सफल बनाउन सबै तह तप्कालाई परिचालन हुन आग्रह गर्दै कार्यक्रमको औचित्यमाथि अध्यक्ष ओलीले प्रष्ट्याएका थिए । त्यस्तै ड्रग्स एडिक्सनको बारेमा चेतना नेपालका सदस्य तथा साथी शिक्षा अभियानकर्ता दर्शन भट्टराईले प्रशिक्षण दिएका थिए ।प्याब्सन भद्रपुर नगर समितिका अध्यक्ष भक्तबहादुर कार्कीले यो अभियान संस्थागत विद्यालयका तर्फबाट सहकार्य गर्ने उपयुक्त कार्यक्रम रहेको बताए । त्यसैगरी प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले आयोजक संस्थाको प्रशंसा गर्दै यी सामग्री सही तरिकाले प्रयोग हुनसके बढ्दो लागूऔषध दुर्व्यसन न्यूनीकरणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । नगर प्रमुख गणेश पोखरेलले यो अभियानमा स्थानीय सरकारको साथ सहयोग रहने प्रतिवद्धता जनाए ।

प्रमुख अतिथि विश्वनाथ बरालले कार्यक्रमको मुक्तकण्ठले प्रशंसा गर्दै जिल्लाभरि शैक्षिक सामग्री पुर्याउन सबै लाग्नु पर्नेमा सबैको ध्यान आकृष्ट गराए । उक्त कार्यक्रममा शैक्षिक सामग्री सौजन्य गर्ने संस्थाहरुलाई प्रमुख अतिथि बरालले प्रशंसापत्र प्रदान गरेका थिए । ।त्यसैगरी अभियानकर्ता कल्पना भट्टराई , साथी शिक्षाको रुपमा काम गर्दै आएका दर्शन भट्टराई र अशिम श्रेष्ठलाई समेत प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य चेतना नेपालकी सदस्य तथा प्रशिक्षक कल्पना भट्टराईले गरेकी थिइन् भने संचालन संचारकर्मी केशव भट्टराईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्