झापा, माघ १७ । झापाको कन्काई नगरपालिका वडा नम्बर २ सुकेडाँगीमा आगलागी हुँदा गोठ जलेर नष्ट भएको छ ।

आज बिहान अन्दाजी ४ः४५ बजे सुकेडाँगी बस्ने देउकुमारी राईको गोठमा बालेको आगोबाट अचानक आगलागी भएको हो । आगलागीबाट गोठमा रहेको १० वटा प्लाटिकको ड्रम, १८ वटा कुखुरा, पराल, काठपात, कुटी काट्ने मेशिन र गाईगोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । सो आगलागीबाट ४ लाख ५० हजार बराबरको क्षति भएको जनाइएको छ ।

सोही गोठमा रहेको एउटा गाई र बाछा घाइते भएका छन् । त्यस्तै देउकुमारी राईको आगो निभाउने क्रममा घाइते भएकी छन् । स्थानीय र कन्काई नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्