झापा,माघ १७ । दिन प्रतिदिन हराउँदै गएको आफ्नो इतिहास र अस्तित्वलाई जोगाउन मोरङ सुनवर्षीका आदिवासी राजवंशीहरुले राजवंशी चोक नामकरण गरेका छन् ।

सुनवर्षी नगरपालिका वडा नं २ र ३ को वभनाडोभमा उनीहरुले राजवंशी चोक नामकरण गरी साइनबोर्ड राखेका छन् । हकलवारी , सुंगा , सुनवर्षी पोखरी र अमरदह जाने चोकलाई आफूहरुले राजवंशी चोक नामकरण गरेको स्थानीय समाजसेवी देव राजवंशीले बताए ।
एकपछि अर्को गर्दै गैर आदिवासीहरुले पुराना ऐतिहासिक ठाउँहरुको इतिहास नामेट गर्दै लगेपछि राजवंशी चोक नामकरण गरेर साइनबोर्ड नै राखिएको उनले जानकारी दिएका छन् । अन्य ठाउँमा पनि राजवंशीहरुले आफ्नो जातिको नामबाट चोकको नामकरण गरेका छन् ।