झापा, माघ १८ । संखुवासभाको सभापोखरीमा सुतेकै ठाउँमा एक व्यक्ति मृत फेला परेका छन् ।

गएराति ९ बजे संखुवासभा सभापोखरी –३ खेलिङ बस्ने अन्दाजी ५२ वर्षीय सूर्यबहादुर राई वडा नं ३ कठेबारी बस्ने छिमेकी विष्णुमाया तामाङको घरमा आई सुतेकोमा आज बिहान सुतेकै ठाउँमा राई मृत फेला परेका हुन् ।

बिहान सोही वडाका वडा सदस्य खनबहादुर लिम्बूले टेलिफोनमार्फत जानकारी गराएपछि प्रहरी चौकी बाह्रबिसेबाट प्रहरी टोली खटिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्