झापा, माघ १९ । घरका सम्पूर्ण सदस्य भारत कुम्भमेलामा गएको अबस्थामा झापा बिर्तामोडका पप्पु बिन्दलको घरमा आगलागी भएको छ ।

आज साँझ अन्दाजी ७ः३० बजे बिर्तामोड ५ शनिश्चरे रोडमा रहेको बिन्दलको घरमा कोही नभएको अवस्थामा घरको पुजा कोठाबाट आगो सल्किएको हो ।
इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोली र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा साँझ ७ः४५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको छ । घरमा परिवारका सदस्य कोही नभएका कारण क्षतिको बिबरण नखुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।