झापा, माघ १९ । प्रहरी उपरीक्षक(एसपी)मा बढुवा भएका इलाका प्रहरी कार्यालय दमकका प्रमुख , प्रहरी नायव उपरीक्षक निशान थापालाई विदाई गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापामा आज आयोजित एक कार्यक्रममा थापालाई सम्मान गर्दै मायाको चिनोसहित विदाई गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक मिलन केसी , प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्द, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक मिमबहादुर लामालगायतले उनलाई विदाई गरेका थिए । उनीहरुले थापाको उज्वल भविष्यको कामना गरेका थिए ।

केही दिनअघि उनी प्रहरी उपरीक्षकमा बढुवा भएका हुन् । नेपाल प्रहरी प्रधान कार्यालयको बढुवा समितिले प्रहरी उपरीक्षकमा बढुवा गरेको ३७ जनामा उनी पनि परेका छन् । गत वर्षको चैत ७ मा नेपाल प्रहरीका १४१ जना प्रहरी नायव उपरीक्षक(डीएसपी)को सरुवा हुँदा सरुवा भएर थापाले इलाका प्रहरी कार्यालय दमकको कमाण्ड सम्हालेका थिए । नेपाल प्रहरीको प्रहरी उपरीक्षकमा बढुवा हुने थापा उमेरले सबैभन्दा कान्छा हुन् । ४१ वर्षीय थापाले भारतमा आइपीएस तालिम लिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्