
झापा,माघ २३ । त्रीदेशीय महिला टी–२० आई शृखंलाको पाँचौं खेलमा पनि नेपाल पराजित भएको छ । टियु क्रिकेट मैदानमा नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले २ बल अगावै पूरा गरेको हो । नेदरल्यान्ड्सका लागि स्टेर्री कालिजले अविजित ९८ रन बनाइन् भने फेबे मोल्केनबोयरले अविजित ४८ रन बनाइन् ।
टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ४ विकेट गुमाएर १४५ रन बनाएको थियो। नेपालका लागि पूजा महतोले सर्वाधिक ६२ रन बनाइन्। त्यस्तै कप्तान इन्दु बर्माले ३९ र रुविना क्षेत्रीले २० रन बनाइन्।
यसअघि नदेरल्यान्ड्ससँगको दुई र थाइल्यान्डसँगको दुई खेलमा नेपाल पराजित भएको थियो। नेपालले अन्तिम खेल थाइल्यान्डसँग खेल्नेछ।