झापा, माघ २७ । संखुवासभाको मकालु गाउँपालिका–५ बाट भरुवा बन्दुकसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिवार इलाका प्रहरी कार्यालय हेदाङनाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा स्थानीय ३० बर्षीय हेमराज विश्वकर्माको घरमा खानतलासी गर्दा लोड गरेको भरुवा बन्दुक १ थान र बन्दुकमा प्रयोग हुने बारुदसहित बिभिन्न प्रकारका सामग्रीहरु बरामद गरेको हो ।

भरुवा बन्दुकसहित पक्राउ परेका विश्वकर्माको बारेमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाही भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्