झापा, माघ २७ । विराटनगर भन्सार कार्यालयबाट युनाइटेड मेवा हाइड्रोपावरको सामान बोकेर ताप्लेजुङतर्फ जाँदै गरेको ट्रक पाँचथरमा दुर्घटनामा परेको छ ।

आज मध्यान्ह पाँचथरको कुम्मायक –५ ज्यामिरेस्थित तमोर कोरिडोर सडकखण्डमा को १ ख ७४६८ नम्बरको ट्रक आफै अनियन्त्रित भई बायाँ साइडमा पल्टिएको हो । दुर्घटनामा मोरङ सुन्दरहरैचा– ४ बस्ने ३६ वर्षीय राजेश रिखी घाइते भएका छन् ।

त्यस्तै गाडीले बोकेको तीनवटा बाकसमध्ये एउटा बाहिर उछिट्टिएर फुट्दा सामान छरिएको छ भने ट्रकको अगाडीको सीसा पुरै फुटेको छ । त्यस्तै बायाँ साइडतिरको भाग कुच्चिएको छ । घाइते चालकलाई उपचारको लागि धरानतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्