झापा, माघ २७ । रुखको हाँगा काट्दा बिजुलीको पोल ढलेर मेचीनगरमा एकजनाको मृत्यु भएको छ ।

आज बिहान १०ः३० बजे मेचीनगर नगरपालिका वडा न.५ स्थित नकलबन्दा टि–इस्टेटमा २६ वर्षीय सिताराम उराउ र सोही ठाउँ बस्ने २३ वर्षीय सिलास उराउले बगानमा रहेको पिपलको हाँगा काटिरहेका थिए । त्यसक्रममा रुखको हाँगा बिजुलीको पोलमा लागेर करेन्ट नभएको बिजुलीको पोल ढलेको थियो ।
उक्त पोलमा रहेको तारले काममा लगाउने सोही ठाउँ बस्ने ५८ वर्षीय मंगले सार्कीको टाउकोमा चोट लागेको थियो । घाइते सार्कीलार्ई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा उपचारको क्रममा बिहान .११ः१५ बजे मृत्यु भएको हो ।
रुखको हाँगा काट्ने दुबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णकुमार चन्दले बताए ।