कुमरखोद, माघ २७ ।झापा गाउँपालिकाले आफ्ना पालिकाका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरणहरु वितरण गरेको छ ।

झापा गाउँपालिकाको आर्थिक वर्ष २०८१–०८२ को वार्षिक कार्यक्रमअन्तर्गत कृषकहरुलाई पानी तान्ने मोटर र औषधी छर्नका लागि स्प्रेटेंकीहरु वितरण गरिएको हो । झापा गाउँपालिकाले एक कार्यक्रमकावीच कृषकलाई ३ हजार १ सय ७० रुपैयाँ पर्ने स्प्रेटेंकी १ हजार ५ सय ८५ रुपैयाँमा र २२ हजार १ सय ६० रुपैयाँ पर्ने पानी तान्ने मोटर ११ हजार ८० रुपैयाँमा उपलब्ध गराएको हो । साझेदारी कार्यक्रमअन्तर्गत कृषकलाई ५० प्रतिशत अनुदानमा ३३८ थान स्प्रेटेंकी र १७६ थान पानी तान्ने केलस्कर कम्पनीको २÷३ को मोटर वितरण गरिएको हो ।

झापा गाउँपालिकाले कृषकलाई सिंचाई मोटरमा ८० प्रतिशत विजुली महशुल तिर्दै आएकोले यहाँका कृषकहरु मकै खेतीतर्पm उत्साहित भएका छन् । झापा गाउँपालिकाका कृषि शाखाका नायव प्राविधिक सहायक रिता वर्देवाका अनुसार झापा गाउँपालिकाका ९६ प्रतिशत किसानहरुले ७ हजार हेक्टर क्षेत्रफलमा मकै खेती गर्दै आएका छन् ।

अधिकाँश कृषकहरुले मकै खेती गर्न थालेपछि झापा गाउँपालिकाले २०७५ सालमा मकैजोन घोषणा गरेको पालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले बताइन् । थपलियाले आउने आर्थिक वर्षमा कृषकलाई ९० प्रतिशत सिंचाईको महशुल पालिकाले तिरिदिने बताइन्। पालिकालाई मकैजोन घोषणा गरेपछि यहाँका कृषकहरुलाई प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत कृषि ज्ञान केन्द्रवाट विभिन्न सुविधाहरु उपलब्ध भइरहेको उनले जानकारी दिइन् ।

मोटर तथा स्प्रेंटेकी वितरण कार्यक्रममा वडा नं ७ का वडा अध्यक्ष सखिचन्द्र ठाकुरले आगामी दिनमा पालिकाले कृषकहरुका लागि मकै रोप्ने मेशिन , नयाँ ट्रान्सफर्मर किन्नु पर्ने र किसानलाई पर्याप्त मात्रामा रासायनिक मलको व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए । त्यसैगरी वडा नं २ का वडा अध्यक्ष राजकुमार यादवले नेपालमा सवैभन्दा वढी मकै खेती झापा गाउँपालिकामा भइरहँदा किसानले रासायनिक मलमा धेरै दुःख व्यहोरेकाले पालिकाबाट डेलिकेशन गएर रासायनिक मलको कोटा बढाउनु पर्नेमा जोड दिएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यवाहक अध्यक्ष थपलिया , वडाध्यक्षहरु राजकुमार यादव , हिमालकुमार चम्लागाई , सुभाषलाल गणेश , ताहिर मुल्वी , कृष्णप्रसाद राजवंशी , नविनकिशोर थापा , सखिचन्द्र ठाकुर , सुन्दरलाल गणेशलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन प्रशासन शाखा प्रमुख युवराज कोइरालाले गरेका थिए भने स्वागत मन्तव्य कृषि शाखाकी समीक्षा उप्रेतीले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्