झापा, माघ २९। झापाका सात पालिकाले भोलि अलग अलग स्थानीय विदा दिएका छन् ।

दक्षिणी क्षेत्रका तीन पालिकाले किचकबध मेलाका लागि विदा दिएका छन् भने बिर्तामोड नगरपालिका तथा कमल, बाह्रदशी र झापा गाउँपालिकाले सन्थाल जातिको सोहराय पर्वको लागि विदा दिएको जनाएका छन् । भद्रपुर– २ स्थित किचकबध धार्मिक , ऐतिहासिक तथा पर्यटकीय स्थलमा लाग्ने मेलाका लागि भद्रपुर , हल्दिबारी र कचनकवलले भोलि सार्वजनिक विदा दिएका हुन् ।

स्वस्थानी पूर्णिमाको दिन किचकबधमा मेला लाग्ने गरेको छ । महाभारतकालीन इतिहाससंग जोडिएको त्यस ठाउँमा भीमले किचकलाई मारेपछि किचकबध नाम रहन भएको भनाई छ ।
यता आदिवासी सन्थाल जातिको सोहराय पर्वको अवसरमा बिर्तामोड नगरपालिका तथा कमल, बाह्रदशी र झापा गाउँपालिकाले स्थानीय बिदा दिएका छन् । सन्थाल समुदायको सोहराय पर्वका लागि यसअघि माघ १५ गते नै भद्रपुर नगरपालिका र हल्दिवारी गाउँपालिकाले विदा दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्