झापा,माघ ३० । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको (प्रशिक्षण तर्फ) को निर्देशक पदमा कास्कीका डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् । त्यस्तै (अनुसन्धान तर्फ) को निर्देशक पदमा चितवनका डा. सञ्जय महतो थारू नियुक्त भएका हुन् ।

पार्टी उपसभापति एवं प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम गठित प्रतिष्ठानमा उनीहरूलाई धारा ३६ (घ) बमोजिम नियुक्त गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्