झापा, माघ ३० । भरुवा बन्दुक देखाएर आफ्नै बुबालाई मार्न खोज्ने एकजना व्यक्ति पाँचथरमा पक्राउ परेका छन् ।

गएराति ९ बजे पाँचथर कुम्मायक –५ निगाले बस्ने ३६ वर्षीय कमल चेम्जोङले आफ्नै बुबा ६५ वर्षीय मकरनन्द चेम्जोङलाई भरुवा बन्दुक देखाएर काट्छु मार्छु भनेका थिए ।

उनले भरुवा बन्दुक ल्याएको भन्ने जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय यासोकबाट खटिएको प्रहरी टोलीले चेम्जोङलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको हो । थप अनुसन्धानको लागि उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्