झापा, फागुन १ । अर्काको घरमा चिया खाएर बाहिर निस्कने क्रममा ढोकामा लडेर इलाममा एकजनाको मृत्यु भएको छ ।

आज दिउँसो १.३० बजे इलामको रोङ– २ चैनपुरस्थित प्रमिला राईको घरमा सोही ठाउँ बस्ने अन्दाजी ६२ वर्षीय दलबहादुर गजमेर गएका थिए । चिया खाई प्रमिला राईको घरबाट बाहिर निस्कने क्रममा गजमेर अचानक घरको ढोकामा लडेका थिए । उनको घटनास्थलमै मृत्यु भएको इलाम प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट बर्फल्याङमा जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट टोली खटिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्