झापा, फागुन १ । ताप्लेजुङमा लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी क्रियाकलापमा सक्रियता देखाउन थालिएको छ । लैङ्गिक हिंसाका घटनालाई न्युनीकरण गर्ने उद्देश्यसहित हिंसा नियन्त्रणका क्रियाकलापमा थप सक्रियता देखाउन सुरु गरिएको हो । लैङ्गिक हिंसाका घटना नियन्त्रण गर्ने र हिंसाबाट पीडितले उचित न्याय दिलाउनमा सहयोग पु¥याउने गरी सक्रियता देखाउन थालिएको हो। लैङ्गिक हिंसाका घटनाले समाजमा नकारात्मक वातावरण सिर्जना गर्ने र हिंसाकै कारण गम्भीर र अकल्पनीय घटनासमेत हुने भएकाले सम्भावित हिंसाका घटना नियन्त्रणमा समेत जोड दिन थालिएको हो।

लैङ्गिक हिंसाका पीडितलाई न्याय दिलाउन, उनीहरुको सुरक्षाको प्रत्याभूति, आवश्यक सल्लाह सुझाव, मनोवैज्ञानिक तवरले हौसला प्रदान गर्नेजस्ता क्रियाकलाप गरिँदै आएको छ। यस्तै पीडितमा आत्मविश्वास जगाउन, महिला, बालबलिका, ज्येष्ठ नागरिक तथा जोखिममा रहेकाहरुको अधिकारका लागि गतिविधि गर्ने गरिएको छ। लैङ्गिक हिंसा नियन्त्रण गर्न सचेतना अभिवृद्धि गर्न, प्रभावित एवम् पीडितको पारिवारिक मेलमिलाप गराउने लगायतका कार्यमा सक्रियता बढाइएको छ। लैङ्गिक हिंसा नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन जिल्लास्तरीय सञ्जालसमेत गठन गरिएको छ। ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलको संयोजक रहेको लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन गरिएको हो। सञ्जालनको सदस्य सचिवमा प्रहरी निरीक्षक विवेक बस्नेत रहेका छन् । सदस्यमा महिला सञ्जालकी जिल्ला अध्यक्ष गीता लिङ्देन, जिल्ला अस्पतालकी नर्सिङ अधिकृत विजया राई, भानुजन माविकी शिक्षका मैयादेवी थापा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सदस्य दिलमाया लिम्बू चयन भएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्