झापा, फागुन ४ । सुनसरीको झुम्का कारागारमा एक कैदीले कारागारभित्रै झुन्डिएर आत्महत्या गरेका छन् ।

हिजो दिउँसो ३ः४४ बजे रामधुनी –५ स्थित झुम्का कारागारको ब्लक नं ए बन्दीगृहभित्र सुनसरी बर्जु –५ बस्ने ३४ वर्षीय प्रदिप यादवले आत्महत्या गरेका हुन् ।
साईकोसिस विरामी रहेका यादवले बन्दीगृहको शौचालयभित्र झ्यालको भेन्टिलेसनको पंखामा गम्छाको पासो लगाएका थिए । कर्तव्य ज्यान मुद्दामा २०७६ भदौ १ गतेबाट उनले कैद भुक्तान गर्दै आएका थिए ।