झापा, फागुन ४ । झापाको अर्जुनधारामा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

आज साँझ ५.४५ बजे अर्जुनधारा नगरपालिका वडा नं.७ स्थित मधुगिता क्रसर उद्योगमा को १ ख ७०१४ नम्बरको टिपरले मिक्स गिटी अनलोड गरी अगाडी बढ्ने क्रममा सोही क्रसरमा काम गर्ने हल्दिबारी गाउँपालिका वडा न.२ बस्ने अन्दाजी बर्ष २५ का मोहन किस्कुलाई ठक्कर दिएको थियो । किस्कुकोे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
टिपर र चालक मोरङ उर्लाबारी नगरपालिका वडा नं. २ बस्ने बर्ष ४१ का गुमानध्वज खड्कालाई नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिएका छन् ।