झापा, फागुन ११ । सुनसरीको झुम्का कारागारका एक कैदीको मृत्यु भएको छ ।

सुनसरी रामधुनी– ५ स्थित झुम्का कारागारमा सर्लाही लालबन्दी १३ बस्ने वर्ष ३३ का चन्द्रबहादुर वाइबाको मृत्यु भएको हो । पेट दुख्ने तथा श्वासप्रश्वासमा समस्या भई उपचारको लागि जिल्ला अस्पताल इनरुवा लगिएकोमा बिहान ७ः१५ बजे उनको मृत्यु भएको हो । जवर्जस्ती करणी मुद्दामा २०७६ चैत २५ गतेदेखि उनले कैद भुक्तान गर्दै आएका थिए ।