शिवगञ्ज, फागुन १२ । झापाको शिवसताक्षीमा जारी १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत कराते विधामा झिलझिलेको सेभेनसिज अंग्रेजी माध्यमिक विद्यालय प्रथम भएको छ ।

प्रतियोगितामा सहभागी भएका नगरका २१ वटा सामुदायिक तथा संस्थागत विद्यालयलाई पछि पार्दै सेभेनसिज अंग्रेजी माध्यमिक विद्यालयले उपाधि चुमेको हो ।

यस्तै झिलझिलेकै पशुपति अंग्रेजी माध्यमिक विद्यालय द्वितीय भएको छ भने झिलझिले माध्यमिक विद्यालय तृतीय भएको पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत कराते विधाका खेल संयोजक दुर्गा उप्रेतीले जानकारी दिए ।
सेभेनसिज अंग्रेजी माध्यमिक विद्यालयले छ वटा गोल्ड , तीनवटा सिल्भर र तीनवटा ब्रोन्ज मेडल प्राप्त गरेको छ । यस्तै पशुपति अंग्रेजी माध्यमिक विद्यालयले पाँचवटा गोल्ड र एउटा सिल्भर मेडल प्राप्त गर्दा झिलझिले माध्यमिक विद्यालयले एउटा गोल्ड , तीनवटा सिल्भर र एउटा ब्रोन्ज मेडल प्राप्त गरेको छ ।

प्रतियोगितामा सहभागी भएर बिजेता बनेका सबै प्रतियोगी विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
कराते विधातर्फ वडा नम्बर ८ का यी तीन विद्यालय विजयी भइरहँदा अन्य वडाका विद्यालय खाली हात घर फर्केका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्