झापा, फागुन १३ । इलाममा भएको आगलागीबाट गोठ जलेर नष्ट भएको छ ।

हिजो दिउँसो ३ बजे इलाम देउमाई–८आमबोटे बस्ने पूर्णबहादुर राना मगरको टिनको छानो भएको २ तले गाईगोठमा खोले पकाउने क्रममा चुलोबाट अचानक आगो सल्किएको थियो । प्रहरी चौकी जितपुर खटिएको प्रहरी टोली , स्थानीय र देउमाई नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्