झापा, फागुन १३ । ताप्लेजुङमा पक्राउ परेका १७ जना केबुलकार विरोधीमाथि मुद्धा दायर गरिएको छ ।

उनीहरुमाथि विभिन्न मुद्धा दायर गरिएको हो । हुलदंगा गरेकोलगायतका मुद्धा दायर गरिएको प्रहरी स्रोतले जनाएको छ । पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयमा फागुन ८ देखि ‘नो केबलकार समूह’ र प्रहरीबीच झडप भएको थियो । उक्त विषयमा सदरमुकाम फुङलिङमा शनिवार साँझसमेत झडप भयो । झडपको क्रममा सुरक्षाकर्मी र आन्दोलनकारीतर्फ २४ जना घाइते भएका थिए । त्यस दिन आन्दोलनकारीतर्फ १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

हिजो थप दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा जनमुक्ति पार्टीका केन्द्रीय सदस्य जिल्ला पाँचथर याङवरक– २ बस्ने बर्ष ४५ की इन्दिरा द्यौराली र केबलकार खारेजी संघर्ष समितिका कार्यकर्ता ताप्लेजुङ फक्ताङलुङ ५ तापेथोक बस्ने बर्ष ४४ का सुबास तुम्बाहाम्फे रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्