झापा, फागुन १५ । झापाको बिर्तामोड नगरपालिका वडा न.२ स्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मंगलवार बिहान ५ः४५ बजे बिर्तामोड नगरपालिका वडा न.२ स्थित भित्री सडकखण्डमा लालमाटी चोकबाट रामचोकतर्फ आउँदै गरेको म.प्र.०३–०२५ प ९५०१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक कचनकवल गाउँपालिका ३ बस्ने १९ वर्षीय गोबिन्द राजवंशी घाइते भएका थिए ।

टाउको, अनुहार र खुट्टामा चोट लागेर बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा आज दिउँसो ३ः२५ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ १८ वर्षीय अमित राजाको बीएण्डसी अस्पतालमै उपचार भइरहेको छ । उनको छातीमा चोट लागेको छ । मोटरसाइकललाई नियन्त्रणमा राखी सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

उता आज दिउँसो इलाम माई नगरपालिका १ घुम्तिपाटास्थित भित्री सडकखण्डमा पिकअप गाडी दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । दिउँसो २ बजे महमाईबाट दानाबारीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ४१९२ नं.को पिकअप गाडीे ब्रेक फेल भई दुर्घटना भएको हो । चालकसहित जम्मा २६ जना घाइतेहरुलाई उद्धार गरी उपचारको लागि माई अस्पताल इलाममा पठाइएकोमा सामान्य उपचारपश्चात् थप उपचारको लागि २४ जना घाइतेहरुलाई बीएण्डसी बिर्तामोड ल्याइएको इलाम प्रहरीले जनाएको छ । घाइतेमध्ये १७ जना बालबालिका रहेका छन् ।

घाइते हुनेहरु यसप्रकार छन् ।

१. इलाम माई –७ बस्ने बर्ष ३० का खगेन्द्र मगर
२. सोही ठाउँ बस्ने बर्ष १४ का रोमन मगर
३. बर्ष १६ की भिमा मगर
४. बर्ष १४ की लिला थापा
५. बर्ष ८ की रुसी मगर
६. बर्ष १५ का फुलमान मगर
७. बर्ष २७ का वीरबहादुर सेन्चुरी ( चालक)
८. बर्ष ५२ का लोपबहादुर मगर
९.बर्ष ३६ की पबित्रा मगर
१०. बर्ष ६० की चाल्दी थापा मगर
११. बर्ष २५ की गिता मगर
१२. बर्ष १० का कर्जल तामाङ
१३. बर्ष १२ का मन्दिप मगर
१४. बर्ष १५ का बलबहादुर मगर
१५. बर्ष ११ का सिधरण गिरी
१६. बर्ष ३६ का चन्द्रबहादुर मगर
१७. बर्ष ८ का दिवस मगर
१८. बर्ष १० की लक्ष्मी परियार
१९. बर्ष १४ की समीक्षा मगर
२०. बर्ष १५ की नबिना कुमाल
२१. बर्ष १६ का दिलिप मगर
२२. बर्ष ८ का काब्य तामाङ
२३. बर्ष ३६ का धनबहादुर तामाङ
२४. बर्ष ११ की रोजिना परियार
२५ बर्ष १४ का रजिन परियार

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्