झापा, फागुन १५ । झापा बिर्तामोडका एकजना व्यवसायीले आत्महत्या गरेका छन् ।

आज दिउँसो १२.३० बजे बिर्तामोड नगरपालिका वडा नं –५ मित्रनगर टोल बस्ने २५ वर्षीय धिरज अग्रवालले विष सेवन गरी आत्महत्या गरेका हुन् । बिष सेवनपछि बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको लागि भर्ना गरिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टमपश्चात् शव आफन्तले बुझेको जनाइएको छ ।
आर्थिक लेनदेनको तनावका कारण उनले आत्महत्या गरेको हुनसक्ने उनलाई चिन्ने मीनप्रकाश उप्रेतीले सामाजिक संजालमा उल्लेख गरेका छन् ।