दमक , फागुन १५ । संघीय विद्यार्थी युनियन लिम्बुवान झापाको नयाँ कार्यसमिति गठन भएको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मंच,संघीय लिम्बुवान प्रान्तीय मंचको विद्यार्थी संगठन संघीय विद्यार्थी युनियन लिम्बुवान झापाको चौथो जिल्ला अधिवेशनले नयाँ कार्यसमिति गठन गरेको हो ।

अभिषेक पौडेलको अध्यक्षतामा गठित समितिको उपाध्यक्षहरुमा निप्रेस लिम्बू,उपाध्यक्ष सोनिहाङमा लिम्बू ,सचिव चेतराज गौतम,अर्थ सचिव आमेस राई रहेका छन् । त्यस्तै सदस्यहरुमा हृदेस ढुङ्गाना ,लक्ष्मण भुजेल,अभिनाष मगर,जोन राई,निशान दर्जी,लक्षमण खवास,सुगम बस्नेत,सुनिल पाण्डे ,सुगम बस्नेत,सुवास भुजेल,विशाल राया ,पर्वत राई,गौरब इम्बुङ र हेन्सल राई रहेका छन् । संघीय लिम्बुवान प्रान्तीय मंचको प्रान्तीय कार्यालय दमकमा सो अधिवेशन भएको हो ।

सुशान्त साम्पाङको अध्यक्षता तथा पार्टी उपाध्यक्ष बिष्णु भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बरिष्ठ सदस्य सुरेन्द्र निङ्लेखु,प्रान्तीय सचिव टक माङ्लाक,अर्थ सचिव दिलु लिङ्देन लावती,लासाङ निङ्लेखु,सदस्य विवेक सुनुवार,राजु लिम्बू,जिल्ला अध्यक्ष राज आङ्थुपो,दमक अध्यक्ष याम लोरिङ्देनलगायतको आतिथ्य रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्