झापा, फागुन १८ । झापामा लागूऔषधसहित एकैदिन पाँचजना पक्राउ परेका छन् ।

बिहीवार पक्राउ परेका उनीहरुलाई आज अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेहरुमा मे १० प ५६४७ नम्बरको मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका वडा न.५ बस्ने बर्ष २२ का प्रेमा तामाङ रहेका छन् । उनको साथबाट प्लाष्टिकसहित १ ग्राम १६ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । त्यस्तै मे ४ प ५९९७ नम्बरको मोटरसाइकल चालक भद्रपुर नगरपालिका वडा न.९ बस्ने वर्ष २६ का दिपेन्द्र खापुङको साथबाट प्लाष्टिकसहित १ ग्राम ३८ मिलिग्राम ब्राउनसुगर फेला परेको छ ।
त्यस्तै पैदल आउँदैं गरेका दमक नगरपालिका वडा नं.४ बस्ने बर्ष २३ का संजय राईको साथबाट प्लाष्टिकसहित २ ग्राम ६७ मिलिग्राम ब्राउनसुगर फेला परेको छ भने मे.२प.६४१९ नम्बरको मोटरसाइकल चालक इलाम माई नगरपालिका वडा नं. १ बस्ने बर्ष २६ का रोमन श्रेष्ठ र सोही मोटरसाइकलमा पछाडि सवार बर्ष ४६ का कृष्णबहादुर बुढाथोकी प्लाष्टिकसहित १ ग्राम ९२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेको डीएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन् । भद्रपुर नगरपालिका वडा नं.५ मेची पुलमा भारतबाट नेपालतर्फ आउँदैं गर्दा उनीहरु पक्राउ परेको जनाइएको छ ।