झापा, फागुन १९ । इलाका प्रहरी कार्यालय बिर्तामोड र मातहत कार्यालयका प्रहरीलाई तनाव व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिइएको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडको आयोजनामा इलाका प्रहरी कार्यालय बिर्तामोडका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टलगायत इप्रका बिर्तामोड र मातहतका प्रहरी चौकी,अस्थायी प्रहरी पोष्ट,प्रहरी बिटसमेतमा कार्यरत ५३ जना प्रहरी कर्मचारीहरुलाई आर्ट अफ लिभिङ बिधाका प्रशिक्षक संजयप्रसाद शिवाकोटीले आज बिहान प्रशिक्षण दिएका हुन् ।
बिर्तामोड नगरपालिका वडा नं १ कालिका मार्गस्थित होटल ग्रीन प्यालेसको सेमिनार हलमा शिवाकोटीले हेप्पीनेस प्रोग्रामअन्तर्गत तनाव व्यवस्थापन, मनको शुद्धिकरण विधि, सकारात्मक सोच, शारीरिक तथा मानसिक ताजगी , खुशी रहने तरिका , योगा ब्यायामलगायतका विषयमा सैद्धान्तिक तथा ब्यबहारिक अभ्यास गराएका थिए । कार्यक्रममा प्रहरी नायव उपरीक्षक बिष्टले प्रशिक्षणको आवश्यकता र उद्देश्यबारे जानकारी गराउँदै धन्यवाद ज्ञापन गरेका थिए ।