झापा, फागुन २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाका सभापति उमेश खरेलविरुद्ध पार्टीको अनुशासन आयोगले सिफारिस पठाएको छ ।


जिल्ला समितिमा उजुरी परेपछि त्यही उजुरीका आधारमा अनुशासन आयोगले प्रदेश समितिलाई सिफारिस पठाएको हो । सम्बन्धित पीडितसंग बुझेर रायसहितको सिफारिस हिजो आयोगले पठाएको हो । विभिन्न आरोप लागेपछि राजीनामा दिइसकेका खरेलको राजीनामा स्वीकृत गर्ने वा नगर्ने भनेर आज भोलि नै पार्टीले निर्णय गर्ने बताइएको छ ।

जिल्लामा अर्जुन उप्रेतीको संयोजकत्वमा दुई सदस्यीय अनुशासन आयोग रहेको छ । सभापति खरेलविरुद्ध कार्यकर्ताले नै नैतिक चरित्र र आर्थिक अनियमिततासम्बन्धी उजुरी दिएका थिए । जिल्ला सभापति प्रदेश सदस्यसमेत रहने प्रावधान भएका कारण खरेलले प्रदेश समितिलाई राजीनामा दिनुपर्नेमा उनले केन्द्रीय समितिमा राजीनामा दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्