झापा, फागुन २२ । सुनसरीमा सिटी सफारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

आज दिउँसो ४ः३० बजे सुनसरी बराहक्षेत्र–८ मैनबारीस्थित भित्री सडकखण्डमा मैनवारीबाट चक्रघट्टीतर्फ आउँदै गरेको प्रदेश १–०२–००४ ह १९८२ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा बराहक्षेत्र ८ बस्ने वर्ष अन्दाजी ९ की बबिता सुवेदीको उपचारको क्रममा मृत्यु भएको हो ।
बराहक्षेत्र ८ बस्ने बर्ष ५५ का राजन सुवेदी , उनकी छोरी वर्ष ९ की बबिता सुवेदी, सिटी सफारी चालक बर्ष ३५ का राजेन्द्र पौडेल , मोरङ बेलबारी वस्ने बर्ष २५ की प्रमिला थापा, बराहक्षेत्र ८ वस्ने वर्ष ३५ की मनिषा खतिवडा , उनकी छोरी वर्ष १ की आस्मी खतिवडा घाइते भएका थिए ।
त्यसमध्ये ९ वर्षीया बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुको बिपी कोइराला स्बास्थ्य प्रतिष्ठान धरान र चक्रघट्टी नगर अस्पतालमा उपचार भइरहेको छ ।