झापा, फागुन २५ । करिव दुई साताअघि आगलागीमा परी घाइते भएका झापा मेचीनगर नगरपालिका वडा न. ४ आमडाँगी बस्ने ५१ वर्षीय बिरेन्द्रराज राईको उपचारका क्रममा मृत्यु भएको छ ।

गत फागुन ९ गते राति ९ः१० बजे घरको पुजा कोठामा अचानक विद्युत सर्ट भई कोठाभित्र सल्किएको आगो निभाउने क्रममा राई घाइते भएका थिए । दुवै हात, दुवै खुट्टा र अनुहारमा आगोले पोलेर घाइते भएका राईलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो ।

त्यहाँ सामान्य उपचारपश्चात् थप उपचारको लागि बिराटनगरस्थित विराट नर्सिङ होममा लगिएकोमा आज बिहान ३ः३० बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्