झापा,फागुन २६ । उदयपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ ।

हिजो साँझ ६.५० बजे उदयपुरको त्रियुगा नगरपालिकामा गाईघाटबाट मुर्कचीतर्फ जाँदै गरेको प १–०५–००१८ ८३२९ नम्बरको मोटरसाइकलले पैदलयात्री महिलालाई ठक्कर दिएको थियो ।

घाइते भएकी त्रियुगा ८ राजावास बस्ने खड्कबहादुर कार्कीकी श्रीमती ६५ वर्षीया टिकामाया कार्कीलाई उपचारका लागि उदयपुर जिल्ला अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेर बिराटनगर लाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्