बिर्तामोड , फागुन २७ । आज मार्च ११ अन्तर्राष्ट्रिय प्लम्बर दिवसको दिन बिर्तामोडमा जयमाता ट्रेडर्स र पंचकन्या ग्रुपले बिर्तामोडका प्लम्बरहरुलाई सम्मान गर्दै एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

केक काटेर शुभारम्भ गरिएको कार्यक्रम विशेषगरी प्लम्बरहरुलाई उनीहरुकै विशेष दिनस्वरुप प्लम्बर दिवस मनाइएको हो । उक्त कार्यक्रममा प्लम्बर हक हितको निम्ति देशैभरि पाइप तथा फिटिङ्स उत्पादक कम्पनीहरुले प्लम्बरहरुको निम्ति अक्षयकोष स्थापना गर्नु पर्ने आवाज उठेको थियो ।प्लम्बरहरु कुनै बिकाउ वस्तु नभएको तथा कुनै पनि उत्पादक कम्पनीको मासु भात र रक्सीमा अब प्लम्बरहरु नबिक्ने साथै विभिन्न उत्पादक कम्पनी र उपभोक्ताहरुबिच पुलको काम प्लम्बरहरुले गर्ने गरेको प्लम्बर हक हित संरक्षण कोषका सचिब प्रेम आचार्यले बताए ।

कार्यक्रममा जय माता ट्रेडर्सका रमेश नेपालले अबको एक बर्ष भित्रमा बिर्तामोडमा प्लम्बर हक हितको निम्ति प्लम्बर अक्षयकोष स्थापना गर्ने घोषणा गर्दै उक्त कार्य गर्नका लागि सम्पूर्ण प्लम्बरहरुलाई सहयोग गर्न आग्रह गरेका छन् । साथै अबका दिनमा कुनै पनि उत्पादक कम्पनीसँग मासु भातको सट्टा नगद नै मागेर कोष खडा गर्न प्लम्बरहरुलाई सुझाव दिएका थिए ।

कार्यक्रममा पंचकन्या ग्रुप बिर्तामोड डिपो प्रमुख मोहन थापाले पंचकन्या ग्रुप प्लम्बरहरुको सबै मागप्रति सकारात्मक रहेको र गत बर्षबाट शुरु भएको यो कार्यक्रमलाई आगामी बर्षहरुमा अझ भब्य रुपमा मनाउने घोषणा गरेका छन् । कार्यक्रम ज्येष्ठ प्लम्बर सदस्य महेश खनाल र दिलिप धिमालको सभापतित्वमा भएको थियो भने कार्यक्रमको सञ्चालन रमेश नेपालले गरेका थिए । ज्येष्ठ प्लम्बर महेश खनालले स्वागत गरेको कार्यक्रममा पंचकन्या ग्रुपको तर्फबाट उपस्थित सबैलाई पंचकन्याको लोगो अंकित टिसर्ट बितरण गरिएको थियो । साथै उपस्थित सबैलाई दिवाभोजको ब्यवस्था गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्