बिर्तामोड, फागुन २७ । तेली कल्याण समाज नेपाल झापाको प्रथम अधिवेशन तथा होली मिलन कार्यक्रम मंगलबार बिर्तामोडमा भएको छ ।

गत माघ ५ गते निर्माण भएको जिल्ला तदर्थ समितिलाई आज औपचारिक रुपमा पूर्णता दिइएको हो । झापाभरिका तेली समाजको उपस्थितिमा विभिन्न स्थानीय तहमा सर्वसम्मत निर्वाचित समितिलाई निर्वाचन समितिका तेली समाज मोरङका अध्यक्ष डाक्टर बालकृष्ण शाहले सपथ ग्रहण गराएका थिए । अधिवेशनले समाजको झापा अध्यक्षमा डा. संजय शाह, उपाध्यक्षमा जनार्दन शाह, सचिवमा शिवप्रसाद शाह, सह–सचिवमा राजकुमार शाह, कोषाध्यक्षमा लालबाबु शाह र सह–कोषाध्यक्षमा नारायण शाहलाई सर्वसम्मत चयन गरेको छ ।
यसैगरी सदस्यमा हरिन्द्र शाह, पूर्णकुमार शाह, बलदेव शाह, कार्तिक शाह तेली, उर्मिला शाह, चन्द्रवती शाह, पंकज शाह, हिरामन शाह, सन्तोष शाह, सुनिता शाह, राजेश शाह, डम्बरनारायण शाह, सुमन शाह, रामचन्द्र शाह, बिजयकुमार शाह र सुरेश शाहलाई सर्वसम्मत चयन गरेको छ ।
तेली कल्याण समाज नेपाल जिल्ला तदर्थ समिति झापाका अध्यक्ष डा. संजय शाहको अध्यक्षतामा भएको कार्यक्रममा समाजका वरिष्ठ केन्द्रीय उपाध्यक्ष उम्देश्वर शाहको प्रमुख आतिथ्य रहेको थियो ।
झापा सह–सचिव राजकुमार शाहले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव शिवप्रसाद शाहले गरेका थिए । कार्यक्रममा गौरादह नगरपालिकाका निवर्तमान मेयर रोहित शाह, समाजका मोरङ अध्यक्ष डा. बालकृष्ण शाह, सुनसरी अध्यक्ष अवध विहारी शाह, डा.सूर्यनारायण शाहको बिशेष आतिथ्य रहेको थियो ।
दमक, बुद्धशान्ति, कनकाई, अर्जुनधारा, बिर्तामोड, झापा गाउँपालिकामा समिति गठन भइसकेको छ भने अन्य पालिकाहरुका क्रमिक रुपमा गठन भइरहेको बताइएको छ ।
कार्यक्रममा समाजका रेखा शाह, सुमनलाल शाह, मैथिली समाज दमकका अध्यक्ष कृष्णलाल शाहलगायतको उपस्थिति रहेको थियो । अधिवेशनपछि होली मिलन कार्यक्रम गरिएको थियो । होली मिलन कार्यक्रममा एकअर्कामा रंग लगाएर नाचगान साथै बिभिन्न परिकार खुवाइएको थियो ।