झापा, फागुन २९ । इलाममा अटो र मोटरसाइकल एकापसमा ठक्कर खाँदा चारजना घाइते भएका छन् ।

आज बिहान १०ः३० बजे इलाम नगरपालिका ७ सुन्तलाबारीमा जिरोबाट टुँडिखेलतर्फ आउँदै गरेको को ३८ प ३६८२ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको प्र १–०३–००१ ह ००३२ नम्बरको अटो एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक माईजोगमाई १ बस्ने बर्ष २१ का महेश बस्नेत र मोटरसाइकलमा पछाडी सवार माई नगरपालिका १ दानाबारी बस्ने बर्ष १८ का प्रशान्त राई, अटो चालक इलाम १२ साङरुम्बा बस्ने बर्ष ४२ का राजकुमार राई र सोही अटोमा सवार २८ वर्षीया सरिता मगर घाइते भएका हुन् ।

घाइते चारै जनाको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ । अटो जिल्ला ट्राफिक कार्यालय इलाम र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय इलामको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्