प्रेमबहादुर जिम्बा,
झापा, चैत १ । होलीको दिन सडकमा जथाभावी बिनाहेल्मेट चलाउने मोटरसाइकललाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिन थालेको छ ।

जथाभावी गर्दै हिडने र बिनाहेल्मेट कुदाउने १६ वटा मोटरसाइकल अहिलेसम्म नियन्त्रणमा लिएको हो । ती मोटरसाइकल इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको छ । यो क्रम जारी रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी बरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालले बताए । प्रहरीले यसअघि होलीमा अबाञ्छित गतिविधि नगर्न माइकिङ गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्